प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय माग गरिरहेको रास्वपासँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल हुन लागेको बताएका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “अहिले मेरो कुरा हुँदै छ। समस्या समाधान हुन्छ।"
बिहीबार रास्वपाले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री दाहाललाई दुई दिनको समय दिएको थियो। रास्वपाले गृह मन्त्रालयमा आफ्नो पार्टीको स्वतः दाबी रहेको बताउँदै आएको छ।
बिहीबारको बैठकले प्रधानमन्त्री दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर समय मागेकाले दुई दिनको समय दिने निर्णय गरेको प्रवक्ता मुकुद ढकालले बताएका थिए।
सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै उनको सांसद पद बदर गरिदिएको थियो। अदालतले उनले प्रयोग गरेको नागरिकताको कानूनी हैसियत नभएको ठहर गरेपछि सांसद पदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री पदका साथै पार्टी नेतृत्वको जिम्मेवारीबाट पनि मुक्त भएका थिए।
उनले नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा गरेर पुनः पार्टीको सभापति चयन भएपछि गृह मन्त्रालयका लागि पहल गरिरहेका छन्। यसबीचमा उनले प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेर आफ्नो माग उठाएका थिए।
प्रधानमन्त्री दाहाल भने लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा भएको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफूसँगै राख्ने मनस्थितिमा रहेको माओवादी केन्द्रका नेताहरूले बताउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
