राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोमा परी ६४५ जना बालबालिका र ३५० जना महिलाको मृत्यु भएको छ।
पाकिस्तानमा यो वर्षको वर्षा याममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १ हजार ७३१ पुगेको छ। १२ हजार ८६७ जना घाइते भएका छन्।
बाढीका कारण ६४५ जना बालबालिका तथा ३५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ ७९२ जनाको मृत्यु भएको बताएको छ।
दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा ३३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा ३०८ र पूर्वी पञ्जाब प्रान्तमा २२३ जनाले ज्यान गुमाएका छन्।
पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
