कांग्रेस नेता उमेश श्रेष्ठले आफूलाई चितवन–२ बाट स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
काठमाडौँ– निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने प्रस्ट पारेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उपनिर्वाचनबाहेक पदपूर्तिका बारेमा अरू कुरा कानुनले परिकल्पना नगरेको बताएका हुन्।
आइतबार कांग्रेस नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए। श्रेष्ठ मंसिर ४ मा भएको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए। नागरिकतासम्बन्धी मुद्दाका कारण रविको सांसद पद गएपछि आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने भन्दै उनले निवेदन दिएका हुन्। श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग प्रवक्ता अर्यालले छ महिनाभन्दा बढी समय रहेको अवस्थामा उपनिर्वाचन हुने बताएका हुन्।
“निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्यो भने त्यसको निरूपण गर्ने भनेको संवैधानिक इजलासले हो,” अर्यालले भने, “चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ। यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो । ६ महिनाभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्नेछ । यस बाहेक कानुनमा स्पष्ट रूपमा अरू कुरा लेखिएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
