प्रधानमन्त्री दाहालले आफू सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे। उनले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए। त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाइ थियो।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहज भएको अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए।
"मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन, मन्त्रीहरूबाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नु हुन्थ्यो", उनले भने, "अदालतको निर्णयपछि उहाँहरूलाई केही असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
