रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पत्र बुझाएका छन्।
काठमाडौँ– सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रीहरूले राजीनामा दिएका छन्। उनीहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा पत्र बुझाएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले पदबाट राजीनामा दिएका हुन्। उनीहरूलाई प्रधानमन्त्री दाहालले माघ ३ गते मन्त्री नियुक्त गरेका थिए। उनीहरूले १९ दिन मात्रै आफू नियुक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाए।
रास्वपाबाट मन्त्रिपरिषद्मा चार जना मन्त्री रहेकोमा सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेको थियो।
रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पार्टी सभापति रवि लामिछानेले पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको बताएका थिए। उनले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने बताएका छन्।
पुस ११ गते दाहाल नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा ४२ दिनमा सरकारबाट बाहिरिएको हो। माघ १३ गते रास्वपाका सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आदेश गर्दै उनको सांसद पद खारेज गरिदिएको थियो। सांसद पद खारेज भएसँगै उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए।
रास्वपा मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट जितेर संसद्कै चौथो शक्ति बनेको हो। लामिछानेको सांसद पद गएपछि रास्वपाको सांसद संख्या १९ कायम रहेको छ।
यो पनि : सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
