बहराइनमा भएको एशियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा एशिया कपका विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन सकेन।
काठमाडौँ– एशिया कप २०२३ बारे मार्चमा निर्णय हुने भएको छ। बहराइनमा भएको एशियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकमा यस विषयमा छलफल भए पनि अन्तिम निर्णय हुन नसकेको हो।
अर्को महिना अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसीसीको बैठक बस्दैछ। यस वर्ष एशिया कप पाकिस्तानमा आयोजना हुने निश्चित थियो। तर, एसीसीका अध्यक्षसमेत रहेका बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) सचिव जय साहले गत अक्टोबरमा भारतले पाकिस्तान भ्रमण नगर्ने बताएपछि प्रतियोगिता अनिश्चित बनेको हो। उनले तटस्थ स्थानमा प्रतियोगिता आयोजना हुने बताएका थिए।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) प्रमुख नजम सेठीले शनिबार शाहलाई भारत एशिया कप खेल्न नगए पाकिस्तानले सन् २०२३ मा आयोजना हुने विश्वकप नखेल्ने धम्की दिएका थिए। यो वर्ष भारतमा विश्वकप आयोजना हुँदै छ।
विवाद उत्कर्षमा पुगेपछि बैठकमा कुनै निर्णय हुन नसकेपछि अर्को बैठकसम्मका लागि छलफल स्थगित गरिएको हो। अर्को महिना आईसीसी र एसीसीबीच बैठक बस्नेछ। त्यसपछि एसीसीको अर्को बैठक बस्नेछ, जसमा यसबारे निर्णय लिइने छ।
मार्चको बैठकमा जे निर्णय आउँछ, पीसीबीले सोही आधारमा निर्णय लिने बताइएको छ। अन्यथा पीसीबीले यी सबै कुरा पाकिस्तान सरकारलाई छोड्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
