नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ।
काठमाडौँ– गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो।
गीत सार्वजनिकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताए। उनले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरूलाई समेटिएको बताए।
उनले समाजमा नराम्रा मानिस जति छन् त्यत्ति नै राम्रा मानिस रहेको बताए। उनले गीतले आफ्नो जीवनको केही अंश प्रस्तुत गरेको बताए। उनले कहिलेकाहीँ जन्म दिनेभन्दा कर्म दिने अभिभावक महत्त्वपूर्ण हुने बताए।
गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत आमाको ममताको भिडियोमा सुनील थापा, हिउँवाला गौतम, गौरव पहारी, श्रीदेव बीएल र दियान गौतमको अभिनय रहेको छ। यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ। नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ।
विधान कार्कीले निर्देशन गरेको भिडियोका छायाकारमा उत्सव दाहाल छन् भने सम्पादन विकास दाहालले गरेका हुन्। मनीषा पोखरेल कला निर्देशक रहेको भिडियोमा दीपेन गौतमले प्रोडक्सन डिजाइन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
