नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेले भने छठपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।
काठमाडौँ- नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ।
यसअघि संकल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौँ उपत्यकाबाहिर रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि भोलि बिहान १०:३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनएको छ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संकल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्नुहुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
एमालेको घोषणापत्र छठपछि
नेकपा (एमाले) चुनावी घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरू अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।
“घोषणापत्र बनाउन सुझावहरू धेरैजसो आइसकेको छ, आएका सुझावहरूको अध्ययन भइरहेको छ”, सचिव विष्टले भने, “घोषणापत्रलाई अन्तिम रूप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ।”
एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ। उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रूप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
