टोटेनह्यामद्वारा म्यानचेस्टर सिटी पराजित

हारपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी छोट्याउने मौका गुमाएको छ।

तस्वीर : म्यानचेस्टर सिटीको फेसबुक

काठमाडौँ– प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

आइतबार राति घरेलु मैदानमा टोटेनह्याम १–० ले विजयी भएको हो। उसका लागि १५औँ मिनेटमा ह्यारी केनले निर्णायक गोल गरे। हारपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी छोट्याउने मौका गुमाएको छ।

आर्सनलको २० खेलबाट ५० अंक छ। दोस्रो स्थानमा रहेको सिटीको २१ खेलमा ४५ अंक छ। टोटेनह्याम २२ खेलमा ३९ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।