समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको भन्सार कार्यालयले जनाएको छ।
पर्सा– वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० को छ महिनामा लक्ष्यको ६१ प्रतिशत राजस्व संकलन गरेको छ।
साउनदेखि पुससम्ममा एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ७६ अर्ब ६३ करोड चार लाख मात्र उठेको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए। उक्त भन्सारले चालु आर्थिक वर्षमा दुई खर्ब ६१ अर्ब ९९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। हालसम्म वार्षिक लक्ष्यको ५१ प्रतिशत संकलन भएको अधिकृत ढकालको भनाइ छ।
२०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व उठाएको थियो। चालु आवमा पनि लक्ष्यअनुसार राजस्व उठ्ने सम्भावना नरहेको सूचना अधिकृत ढकाल बताउँछन्।
“समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा ‘एलसी‘ खोल्नमा कडाइ गरिएकाले पनि राजस्व संकलन घटेको हो,” उनले भने, “सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
