प्रारम्भिक तथ्यांकअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३४ वटा भवन भत्किएका छन्।
टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। सिरियासँगको सीमा नजिकै गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)ले जनाएको छ।
पहिलो भूकम्प गएको ११ मिनेटपछि ६.७ म्याग्निच्युडको शक्तिशाली परकम्प गएको थियो। भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न शहरमा महसुस गरिएको सीएनएनले जनाएको छ। प्रारम्भिक तथ्यांकअनुसार भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको र ३४ वटा भवन भत्किएको दक्षिणी ओस्मानी प्रान्तका गभर्नर एर्डिन यिलमाजले बताए।
भूकम्प प्रभावित क्षेत्र गाजियान्टापमा २० लाख जनसङ्ख्या छ। त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका बीबीसीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
