कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.५७ अंकले उकालो लागेर २१००.६५ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७६ अंकले उकालो लागेर ४०२.०१ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ। कूल ३९ लाख २२ हजार २१६ कित्ता सेयर एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ मूल्यमा कारोबार भयो।
कारोबारका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको ६ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो। यस्तै, युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स चार करोड ८९ लाख ६० हजार ९३२, हिमालयन डिस्टिलरी चार करोड ७७ लाख सात हजार ५०१ र आशा लघुवित्त चार करोड तीन लाख ७३ हजार ९०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। माहुली लघुवित्त ५.५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त ४.०५ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले ३.८४ प्रतिशतले कमाएका छन्।
यस्तै, लक्ष्मी बैंकको ऋणपत्र ९.५८, बाराही हाइड्रोपावर ४.६७, मिथिला लघुवित्त ३.८५, ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ ३.७५ र आरबीबी म्युचुअल फन्ड-१ का लगानीकर्ताले ३.४३ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
