भूकम्पले भत्किएका संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १२ सय व्यक्तिले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन्। टर्कीमा मात्रै ९१२ व्यक्तिको मृत्यु भएको र ५ हजार ३०० जना घाइते भएका टर्कीका राष्ट्रपति रिसिप तैयप यर्दोगानले बताएका छन्।
सिरियामा तीन सयभन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्प प्रभावित सिरियाका एलेप्पो, हामा, लाताकिया, तारतुस लगायतका क्षेत्रमा थुप्रै घाइते भएको टर्की सरकारी मिडिया एनादुलुले उल्लेख गरेको छ।
भूकम्पले भत्किएका सयौँ संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ। उद्धारका लागि अजरबैजानले ३७० उद्धारकर्ता र सहायता सामग्री घटनास्थलतर्फ पठाएको छ। नेदरल्यान्डस्ले पनि उद्धार टोली पठाउने प्रतिबद्धता जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि आफूहरू पनि तयार रहेको जर्मनीका विदेशमन्त्रीको भनाइ छ।

यस्तै, अमेरिका, इजरेल, फ्रान्स, बेलायत, भारत, पाकिस्तान र युक्रेनले विपत्प्रति दुःख व्यक्त गर्दै सहायताको प्रतिबद्धतासमेत गरेका छन्।
स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा सिरियासँग सीमा जोडिएको टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियान्टेपलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
यसैबीच, अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले यस भूकम्पमा मृत्यु हुनेको संख्या १० हजार पुग्ने अनुमान गरेको छ। मृत्यु हुनेको संख्या एक हजारदेखि १० हजारसम्म पुग्ने सम्भावना ४७ प्रतिशत रहेको यूएसजीएसको भनाइ छ।
यसप्रकारको विपत्मा ठूलो जनधनको क्षति हुने बताएको यूएसजीएसले भूकम्पबाट बढीमा १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी हुने अनुमान पनि गरेको छ। यो रकम टर्कीको कूल गार्हस्थ्य उत्पादनको २ प्रतिशत हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
