न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले बलात्कार र मानव बेचबिखनको अभियोगमा दोषी ठहर गर्दै कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई सात वर्ष कैद सजाय सुनाएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सोमबार मानव बेचबिखनसम्बन्धी मुद्दामा सात वर्ष कैदको सजाय सुनाएको हो।
त्यस्तै, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन्।
गत जेठको पहिलो साता सुन्दरी प्रतियोगिताको आडमा सात वर्षअघि पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले टिकटकमार्फत् भिडिओ सार्वजनिक गरेकी थिइन्। उनको उजुरीपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुई वटा अभियोगमा मुद्दा दर्ता भएको थियो।
सरकारी वकिलको कार्यालयले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा १५ वर्ष कैद सजाय र यौन दुर्व्यवहारको मुद्दामा ३ वर्ष कैद सजाय माग गरेको थियो।
न्यायाधीश ढकालको इजलासले माघ १० गते पाण्डेलाई बलात्कार र मानव बेचबिखनको दुवै कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेस गरेको थियो।
सोहीअनुरूप न्यायाधीश ढकालको इजलासले सोमबार पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दाहालले जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
