बाबुरामको घोषणापत्र : देशभित्रै उत्पादन, देशभित्रै रोजगारी (घोषणापत्रसहित)

नेपाल समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न 'पपुलिस्ट' नारा समेटिएका छन्।

काठमाडौँ- नेपाल समाजवादी पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टीले आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्ने निर्णय गरेको भएपनि घोषणापत्र भने छुट्टै जारी गरेको हो। 

घोषणापत्रमा देशभित्रै उत्पादन, देशभित्रै रोजगारीलाई मुख्य नारा बनाएको छ। त्यस्तै, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच स्थापित गर्ने, स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने, भ्रष्टाचार मुक्त सरकार, वातावरणमैत्री जीवनशैली, सबैलाई लोकतन्त्रको प्रत्याभूतिसहितको समृद्धि जस्ता विषयसमेत घोषणापत्रमा समेटिएका छन् ।

यस्तो छ घोषणा पत्रः