नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोल १७५ र डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँमा विक्री भइरहेको थियो।
नियमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। एलपी ग्यास प्रतिसिलिन्डर १८ सय, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिलिटर १.४२० डलर रहेको निगमले जनाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन लिमिटेबाट फेब्रुअरी १ मा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८.०१ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७.९८ र मट्टितेलमा प्रतिलिटर ४.६१ रुपैयाँले बढेर आएको थियो भने खाना पकाउने एलपी ग्यास केही घटेर आएको थियो।
फेब्रुअरी १ देखि १५ सम्मको अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको सोमबारको निर्णयअनुसार इन्धनको खुद्रा बिक्री मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमलाई इन्डियन आयल कर्पोरेसनले १५-१५ दिनमा मूल्यसूची पठाउने गर्छ, सोहीअनुसार निगमले इन्धनको मूल्य समायोजन गर्ने गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
