नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी फेला परेको छ। जिनोमिक सिक्वेन्सिङका क्रममा १ जनामा कोरोनाको नयाँ सब भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी फेला परेको बताएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार गत २१ साउन देखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलन गरिएका नमूनाहरूको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरिन्ट एक्सबीबी पहिचान भएको हो।
एक्सबीबी संक्रामक सब भेरियन्ट मानिएको छ। दिपावली, छठजस्ता पर्वमा यो संक्रमणको खतरा रहेको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ।
मन्त्रालयको विज्ञप्तिः

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
