रातको समयमा यातायात तथा मानवीय आवागमनमा सहजता तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको महानगरले जनाएको छ।
काठमाडौँ– काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न महानगर र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ।
महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका कानुन विभागका निर्देशक बलराम सिलवालले मंगलबार सम्झौतामा हस्ताक्षर गरे। यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्झौता भएको हो। बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ। यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत प्राधिकरणले बेहोर्ने छ।
रातको समयमा यातायात तथा मानवीय आवागमन तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो। स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा सडकको सुन्दरतालाई एकरूपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको महानगर पूर्वाधार विकास विभागका प्रमुख थापाले जानकारी दिए। महानगरको लगानीमा लैनचौरदेखि महाराजगन्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामंगलदेखि गौशाला हुँदै कमलपोखरीसम्म र चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन्।
यी सडकबत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ। यसै गरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुने सम्झौतामा उल्लेख छ।
बत्ती जडान भएपछि सञ्चालन व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गरिनेछ। यसपछिको मर्मत सम्भार महानगरले गर्नेछ। सडकबत्तीको महसुल महानगरले प्राधिकरणलाई बुझाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
