डबल राउन्ड रोबिनका आधारमा हुने 'ए' डिभिजन लिग फागुन १९ गते शुरू हुने छ। उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्ने छन्।
काठमाडौँ– आसन्न शहीद स्मारक 'ए' डिभिजन लिगको लागि ब्रोडकास्टिङ, कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि नेपाल फुटबल संघ एन्फाले पुनः बोलपत्र आह्वान गरेको छ।
पहिलो पटकको बोलपत्रमा कसैले निवेदन नदिएपछि एन्फाले मंगलबार सात दिनको म्याद थपेर पुनः बोलपत्र आह्वान गरेको हो। एन्फाले पहिलो पटक २०७९ माघ ६ गते 'ए', 'बी' र 'सी' डिभिजन लिगको टिकेटिङ, शीर्षक प्रयोजन, ब्रोडकास्टिङ, कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि टेन्डर आह्वान गरेको थियो।
एन्फाले यसपटक 'ए' डिभिजन लिगको ब्रोडकास्टिङ ६० लाख रुपैयाँमा बेच्ने योजना बनाएको छ। यस्तै टिकेटिङ अधिकारबाट न्यूनतम १ करोड ५० लाख तथा कमर्सियल र मार्केटिङबाट पनि सोही बराबरको रकम राखेर बोलपत्र आह्वान गरेको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने भनिएको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट शुरू हुने छ। प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्ने छन्।
एन्फाले 'ए' डिभिजन लिग अन्तर्गत पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरिसकेको छ। लिगका खेलहरू दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। यसपटक 'बी' डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज युनाइटेड फुटबल क्लब शीर्ष डिभिजनमा उक्लिएको थियो। एफसी खुमलटार भने उपविजेताका रूपमा शीर्ष डिभिजनमा उक्लिएको हो।
नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा फागुन २० गते विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ। साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले भने जावलाखेल यूथ क्लबसँग खेल्दै लिगकाे शुरूआत गर्नेछ। यसपटकको लिगमा १८२ खेल हुने एन्फाले जनाएको छ। लिग विजेताले ७५, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको 'मोस्ट भ्यालुएबल' खेलाडीले तीन, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन्।
'फेयर प्ले' अवार्ड विजेता टोलीले तीन लाख पाउने छन्। प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। हरेक खेलको 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
