रास्वपा सरकारबाट बाहिरिए पनि गठबन्धनभित्र नै छ। बाहिर जाँदैन। अहिले नै गठबन्धनलाई कुनै खतरा छैन। नयाँ समीकरण बन्छ की भन्ने विषयमा अहिले टिप्पणी गर्नु हुँदैन।
आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा रहेका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच खटपट शुरू भएको छ। गएको पुस १० गते सत्ता गठबन्धन हुँदा राष्ट्रपति एमालेले पाउने सहमति थियो। तर पुस २६ गते नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि माओवादी केन्द्रका नेताहरू राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार छनोट गर्नुपर्ने बताउन थालेका छन्। प्रधानमन्त्री दाहालले पनि सहमतिकै विषयमा अडान राखेपछि एमालेसँगको सम्बन्ध चिसिन थालेको छ। यहीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। सरकारलाई समर्थन गरेका जसपा र नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएका छैनन्। यसले गर्दा सत्ता गठबन्धन संकटमा परेको अनुमान लगाउन थालिएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको निर्वाचनका विषयमा माओवादी केन्द्रका सचिव राम कार्कीसँग उकालोले गरेको संक्षिप्त कुराकानीः
माओवादी केन्द्रले भन्दै आएको राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिको चुनावमा सत्ता गठबन्धनबाहिरका उम्मेदवार विजयी भए यो गठबन्धन कायम रहन्छ?
त्यस्तो हाइपोथेटिकल (काल्पनिक) कुरा त राजनीतिमा हुँदैन नि। त्यो त कल्पनाको कुरा न भयो। यो गठबन्धन जारी रहन्छ। अहिले रास्वपा मात्रै सरकारबाट बाहिरिएको हो। तर उसले समर्थन फिर्ता लिएको छैन। हामीलाई के विश्वास छ भने उ गठबन्धनबाट बाहिर जाँदैन। यो गठबन्धन कायमै रहन्छ। यसमा सबैले साझा उम्मेदवारका रूपमा राष्ट्रपतिलाई उभ्याउने पहल चाहिँ अन्तिमसम्म गरिरहन्छौंँ।
तपाईंहरूको प्रस्तावमा एमाले सकारात्मक देखिएको छैन, अनि कसरी सहमति हुन्छ?
एमाले पनि सकारात्मक बन्नैपर्छ। यहाँ कसैले पनि मेरो गोरूको बाह्रै टक्का भनेर हुनेवाला छैन। हाम्रो न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाको विश्वसनीयता धर्मरमा छ। यिनीहरूलाई विश्वसनीय बनाउन पनि यो कुरा (राष्ट्रिय सहमति) सबैले उठाउनुपर्ने अवस्था छ। त्यसैले कम्तिमा मर्यादित हिसाबले सबैले आफ्नो महसुस गर्नसक्ने राष्ट्रपति छानेर एउटा नयाँ शुरूआत गरौँ भन्ने हाम्रो सोच हो।
कांग्रेसले माओवादी केन्द्रप्रति देखाइरहेको उदारता राष्ट्रपति पाउनकै लागि त होला नि?
राजनीतिमा सबैले आफ्नो पार्टीगत हित हेरेकै हुन्छ। तर मुख्य कुरा, पार्टीभन्दा देशको हित हेर्नुपर्छ। हामीले सरकारको नेतृत्व गरिरहेको हुनाले, प्रजातान्त्रका जति पनि खम्बा छन्, ती बलिया बनिदिउन् भन्ने हामी चाहन्छौँ।
पुस १० मा बालकोटमा भएको सहमतिका बेला त राष्ट्रिय सहमतिको विषय उठेको थिएन, एमालेले राष्ट्रपति लिने भन्ने नै थियो, हैन?
राजनीतिमा ट्याक्टिस फरक हुन्छ। जस्तो, त्यो बेला पनि बिहानसम्म बालुवाटारमा देउवाजीलगायतसँग बसेका मानिसहरू नै बालकोट पुगेका हौँ नि त, हैन! राजनीतिमा कार्यनीति त २४ घन्टामा नै परिवर्तन हुन्छ के। त्यसैले परिस्थितिमा जुन फेरबदल आएको छ, त्यसको अर्थ के हो भने, राष्ट्रिय सहमतिको राष्ट्रपति बनाऊँ भन्ने नै हो।
त्यो को व्यक्ति हो त, जो सर्वस्वीकार्य हुन्छ?
राष्ट्रपतिका लागि राजनीतिमा भिजेको र दलको नजिककै मानिसको खोजी भएको हो। तर, गणतन्त्र, संघीयता, संविधान, समावेशी प्रजातन्त्र र कानूनी राज्यप्रति प्रतिबद्ध पनि हुनुपर्छ। त्यो मानिस अहिले नै देखाउनु भएन नि त। छलफल गर्दै अगाडि बढ्ने हो।
गठबन्धन संकटमा छ भनिँदै छ नि?
त्यो बिल्कुलै होइन। रास्वपा सरकारबाट बाहिरिए पनि गठबन्धनभित्र नै छ। बाहिर जाँदैन। अहिले नै गठबन्धनलाई कुनै खतरा छैन। नयाँ समीकरण बन्छ की भन्ने विषयमा अहिले टिप्पणी गर्नु हुँदैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
