नेप्सेसँगै बढ्यो कारोबार रकम

मंगलबार कारोबार रकम पनि बढेको छ। कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६.६४ अंकले उकालो लागेर २ हजार १७७.३४ मा पुगको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ४१४.८७ मा पुगेको छ। यस्तै, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। कारोबार भएका कूल २१५ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एउटा मात्रै कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता सेयर तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ। मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार १८६ पुगेको छ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको शेयर १२ करोड ९२ लाख ४२ हजार ७२६ मा कारोबार भएको छ। यस्तै, न्यादी ग्रुप पावर ११ करोड तीन लाख ७० हजार ५४४, अपि पावर कम्पनी ९ करोड ३९ लाख ९९ हजार ८३४ र हिमालयन डिस्टिलरी ६ करोड ६४ लाख ७२ हजार १७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, रिडी पावर कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ।

यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र ५.९०, एभरेस्ट बैंकको ऋणपत्र १.९५, एनआइबीएल प्रगति फन्ड १.६९, नेपाल एसबीआई बैंकको ऋणपत्र १.५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य १.२९ प्रतिशतले घटेको छ।