प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो?

मंगलबार प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक लाख चार हजार ८०० रुपैयाँ तोकिएको छ। 

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक लाख चार हजार ८०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने घटेको छ।

अघिल्लो दिनभन्दा तोलामा पाँच रुपैयाँले घटेर एक हजार ३१५ तोकिएको महासंघले जनाएको छ।