नेप्से ७.१६ अंकले घट्यो, ३ अर्ब ६९ करोडको कारोबार

बुधबार अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

काठमाडौँ– मंगलबार उच्च अंकको वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने घटेको छ। बुधबार नेप्से परिसूचक ७.१६ अंकले घटेर २१७०.१८ अंकमा कायम भएको हो।

बुधबार २५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार ६४९ कित्ता सेयर ५५ हजार ६०२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ।

बुधबार अन्य समूहको उपसूचक ७.७५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८.६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९.७१ अंकले घटेको नेप्सेले जनाएको छ।

बैंकिङ समूह ०.७९, विकास बैंक समूह २२.६२, वित्त समूह ३६.२५, जलविद्युत् समूह २७.३६ र लगानी समूह ०.१० अंकले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१.९०, लघुवित्त समूह १६.५७, म्युचुअल फन्ड समूह ०.०७, निर्जीवन बीमा समूह २८.५४ र व्यापार समूह ११.५० अंकले घटेको छ।

बुधबार सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३.३२ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५.१४ प्रतिशतका दरले गुमाएका छन्।

बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ११ करोड २८ लाख ६८ हजार २७१ बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको तीन लाख ४० हजार ५६६ कित्ता शेयर खरिदबिक्री भएको छ।