राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्।
काठमाडौँ– राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्।
लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत बुधबार भएको निर्वाचनमा खसेको कुल मतभार ७ हजार ९ सयमध्ये उनी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन्।
उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९६२ गरी कूल ४ हजार २६ मतभार प्राप्त गरेको निर्वाचन कार्यालय दाङले जनाएको छ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले ३ हजार ७२० मतभार प्राप्त गरे भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १९२ मतभार प्राप्त गरे।
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा बुधबार उपनिर्वाचन भएको हो। भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थिए।
प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोका थिए। रूपन्देहीको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह भने मतदानमा सहभागी भएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
