उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ।
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ। भूकम्प गएको दुई दिनमै भूकम्प प्रभावितहरू तीव्र रूपमा बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उद्धारकर्ताहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेका छन्। यहाँ मौसम प्रतिकूल बन्दा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु गाजिन्टेपमा हिँउ परिरहेको छ र यहाँ रातिको समयमा माइनस २० डिग्री सेन्टिग्रेडसम्म चिसो हुनेको गरेको छ। टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोगान बुधबार दिउँसो भूकम्पको केन्द्रबिन्दु गाजिन्टेपमा पुगेर निरीक्षण गरेका छन्।
टर्कीमा अहिलेसम्म कम्तिमा पनि ८ हजार ५७४ शव भेटिएको छ भने ४९ हजार १३३ जना घाइते भएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै, सिरियामा कम्तिमा पनि १ हजार २६२ व्यक्तिको ज्यान गएको छ भने २ हजार २८५ जना घाइते भएको राज्य सञ्चालित मिडियाहरूले उल्लेख गरेका छन्।
सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि दर्जनौँ परकम्प गएको थियो। सोमबार नै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
