बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोप चार जना पक्राउ परेका छन्।
प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरूलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय विशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समीर तामाङ रहेका छन्। उनीहरू मंसिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैंकको चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाबीको झुप्पोलगायत सामानसहित १२.६३० ग्राम सुनको झुम्का, ७.८ लालको सुनको टप, २ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
