अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘डिज्नी’ले धेरै कमाई गरिरहेको छ। तर डिज्नी प्लसका सब्स्क्राइबर्सको संख्या घटेकाले नयाँ आर्थिक योजनाअनुरूप कर्मचारी कटौती गर्न लागेको बताइएको छ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘डिज्नी’ले सात हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। आर्थिक समस्या देखा परेको भन्दै कर्मचारी कटौती गर्न लागिएको ‘डिज्नी’का कार्यकारी प्रमुख बब आइगरले बताए।
साढे पाँच अर्ब डलर रकम बचाउन र डिज्नी प्लस सेवालाई नाफामूलक बनाउन कर्मचारी कटौतीको योजना अघि सारिएको हो। ‘डिज्नी’ले धेरै कमाई गरिरहेको छ तर डिज्नी प्लसका सब्स्क्राइबर्सको संख्या सन् २०१९ को तुलनामा घटेकाले नयाँ आर्थिक योजनाअनुरूप कर्मचारी कटौती गर्न लागिएको हो। हालै कटौती गर्न लागिएको संख्या उसको विश्वभरका कूल कर्मचारीको ३ दशमलव ६ प्रतिशत हो।
“हामीले गर्न लागेको कामले कम्पनीको सिर्जनात्मकता बढाउने र खर्च कटौती गरी नयाँ ढाँचामा लैजानेछ भन्ने विश्वास गरेका छौँ। यसले हाम्रो स्ट्रिमिङ व्यवसायलाई विकास गर्न र नाफामा लैजान सहयोग मिल्नेछ,” कार्यकारी प्रमुख आइगर भन्छन्, “साथै भविष्यमा पर्नसक्ने समस्या, आर्थिक चुनौती र सेयरहोल्डरलाई मूल्य दिन सकोस्।” बहुराष्ट्रिय कम्पनी डिज्नीको आमसञ्चार र मनोरञ्जन क्षेत्रमा ठूलो लगानी छ।
पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने कम्पनीको राजस्व आठ प्रतिशतले बढेर २३ दशमलव पाँच बिलियन डलर पुगेको थियो। कम्पनीको कूल आम्दानी ११ प्रतिशतले बढेर एक दशमलव तीन बिलियन डलर पुगेको थियो। कम्पनीलाई तीन वटा चरणमा नयाँ ढाँचामा लगिने योजना भएको आइगरले बताए। मनोरञ्जन युनिट (चलचित्र, टीभी र स्ट्रिमिङ समावेश भएको), खेल (ईएसपीएन युनिटसहित) र डिज्नी पार्कहरू, अनुभव र उत्पादन गरी तीन चरणका संरचनामा विशेष ध्यान दिइनेछ।
कम्पनीको नयाँ संरचनाको नतिजाले आर्थिक बचत र समन्वयको दृष्टिकोण बढाउने आइगरले बताए। कम्पनीको स्ट्रिमिङ सेवालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको उनको भनाइ छ। आइगरले यसअघि १५ वर्षसम्म डिज्नीको प्रमुख भएर काम गरेका थिए। सन् २०२० उनी निस्किएपछि बब चपेक प्रमुख बनेका थिए। तर डिज्नीको स्ट्रिमिङ व्यापार चौमासिक रूपमै एक दशमलव पाँच विलियन डलर भएपछि उनलाई कामबाट निकालिएको थियो।
त्यसपछि आइगर नै प्रमुख बनेका हुन्। डिज्नीमा प्रमुखका रूपमा आएको २४ घण्टामै उनले व्यापारमा नयाँ आर्थिक योजना ल्याएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
