एन्फाले कोटा बढाउँदै एउटा क्लबले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले 'ए' डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाएको छ।
एन्फाले एउटा क्लबले पाँच जना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान राखेको हो। यसअघि एउटा क्लबले चार खेलाडी खेलाउने पाउने व्यवस्था थियो।
नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै ‘ए’ डिभिजन क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन एन्फासमक्ष माग गरेका थिए।
बजारमा खेलाडी अभाव भएपछि क्लबलाई अनुबन्धमै समस्या परेको थियो। नेपाली लिगमा विगतबाटै विदेशी खेलाडीको प्रभाव देखिँदै आएको छ।
बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए। यस सिजनका लिग फागुन १९ गतेबाट शुरू हुँदै छ। उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्डस क्लब र खुमलटारबीच हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
