अश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर बनेका छन्।
काठमाडौँ– भारत र अस्ट्रेलियाबीचको चार टेस्ट शृंखला बिहीबारबाट शुरू भएको छ। नागपुरको विदर्भ क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलको पहिलो दिन भारतीय बलरले उत्कृष्ट प्रदर्शन गरेका छन्।
भारतका अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विनले खेलको पहिलो दिन ३ विकेट लिए। १५.५ ओभर बलिङ गरेका उनले ३ विकेट लिन २ मेडनसहित ४२ रन खर्चिए। योसँगै उनले टेस्ट करियरमा ४५० विकेट पूरा गरेका छन्। अश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ४५० विकेट लिने दोस्रो बलर हुन्। ८९औँ टेस्टमा उनले यो अंक छोएका हुन्।
उनीभन्दा अगाडि श्रीलंकाका मुथैया मुरलीधरनले सबैभन्दा छिटो ४५० विकेट लिएका थिए। मुरलीधरनले ८० खेलमा ४५० विकेट लिएका हुन्। अश्विनले ४५०औँ विकेट एलेक्स केरीको लिए। उनले ५४औँ ओभरको पहिलो बलमा एलेक्सलाई क्लिन बोल्ड गरे। केरीले ३३ बलमा ३६ रन बनाए। उनले आफ्नो इनिङ्समा सात चौका प्रहार गरे।
४५० विकेट पूरा गर्ने अश्विन भारतका दोस्रो बलर हुन्। यसअघि अनिल कुम्बलेले टेस्टमा ६१९ विकेट लिएका थिए। भारतका पूर्वकप्तान कुम्बलेले ९३औँ टेस्टमा ४५०औँ विकेट पूरा गरेका थिए। सन् २००५ मार्च ८ मा उनले मोहालीमा पाकिस्तानविरुद्ध ४५० विकेट पूरा गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
