२०७२ कात्तिकमा रछिना एन्ड कन्स्ट्रक्सनले १८ महिनामा सक्ने गरी स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएको हो।
ढोरपाटन– बागलुङ नगरपालिका–१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन सात वर्षदेखि अलपत्र छ। भवन नहुँदा सेवा प्रवाहमा पनि समस्या भएको छ।
२०७२ कात्तिकमा रछिना एन्ड कन्स्ट्रक्सनले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो। पटक–पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए। कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको थियो। “तर निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएको छ,” उनले भने, “ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भएको छैन।”
भवनको निर्माण लागत एक करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ। स्वास्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाट सेवा प्रवाह गरिरहेको बताए। एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्नेलगायत काम गरिँदै आएको छ।
“पुरानो भवनमा पर्याप्त कोठा छैनन्। एकै पटक धेरै बिरामी आए कहाँ जाँच गर्ने ?, कहाँ खोप लगाउने ?, कहाँ प्रसूति गराउने भन्ने समस्या हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
