‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।
काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।
यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।
आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो। तर, हाल उक्त प्रक्षेपणलाई घटाएर ५ प्रतिशत सीमित गरिएको छ। सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, आइएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ। मुद्रास्फीति सन् २०२२ मा ६.३ प्रतिशत र सन् २०२३ मा ७.७ प्रतिशत रहने आइएमएफको शुरुवाती अनुमान थियो। तर, अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा ८.१ प्रतिशत र २०२३ मा ७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ।
पछिल्लो समय मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ। कोभिड महामारी र रुस-युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ।
आइएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा ६ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३.२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। त्यस्तै, २०२३ मा झन् खस्केर २.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। जुन पछिल्लो दुई दशकयताकै सुस्त हो।
विश्व मुद्रास्फीति दर यसवर्ष ८.८ प्रतिशत कायम हुने आइएमएफको अनुमान छ। सन् २०२३ मा भने त्यो घटेर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
