राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिबाट उत्पन्न संकट हल गर्न तत्काल कदम चाल्न आवश्यक देखिएको बताएकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व अर्थतन्त्र, कोभिड तथा डेंगी लगायतका महामारी तथा बाह्य कारण देखाएर सरकारलाई पन्छिने सुविधा नभएको बताएकी छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै देशको आन्तरिक तथा बाह्य कारणले अर्थतन्त्रमा समस्या सिर्जना भएको, तर त्यसैलाई देखाएर सरकार पन्छिन नहुने बताएकी हुन्।
“विश्वव्यापीकरणको युगमा आर्थिक विकासका लागि आफ्नै मात्रै प्रयास पर्याप्त हुँदैन। न त अर्थतन्त्रको समस्या मुलुकभित्रको कारणले देखा पर्छ। कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट स्वाभाविक रूपमा नेपाल मात्र अछुतो रहेको छैन“, उनले भनिन् “हाम्रो अर्थतन्त्रको कतिपय समस्या उतारचढावपूर्ण विश्व अर्थतन्त्र र कोभिड, डेंगी लगायतका महामारी तथा विविध बाह्य कारणबाट पनि सिर्जित भएका हुन्। यिनलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन। अर्थतन्त्रको सुदृढीकरणमा हामीले गम्भीर पाइला चाल्न जरुरी छ।“
राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्य कारणको समग्र रूपमा अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याइन्। देशको आर्थिक अवस्था जटिल मोडमा पुगेको प्रति सबै जानकार रहेको उल्लेख गर्दै उनले यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन्।
“देशको आर्थिक अवस्था जटिल मोडमा रहेको प्रति सबै जानकार र चिन्तित छौँ। अर्थतन्त्रमा देखिएको समस्याको तत्कालीन अल्पकालीन र दीर्घकालीन समाधान खोज्नु जरुरी छ“ उनले भनिन्। अर्थतन्त्रका सूचकहरूमा पछिल्लो समय केही सकारात्मक संकेत देखा परेको भए तापनि त्यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नदेखिएको उनको भनाइ छ।
मौद्रिक तरलताको अवस्थाका कारण लगानीका लागि यथेष्ट स्रोतको अभाव र बाह्य कारणले समेत उत्पादन क्षेत्र मजबुत हुन नसेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने प्रमुख पक्ष उत्पादन सुधारमा गम्भीर हुनुपर्ने औँल्याइन्।
औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्नतर्फ वृत्त नीति निर्देशित हुनुपर्ने उनको भनाइ छ। सरकारले आगामी दिनमा राजस्वको क्षेत्र र दायरा विस्तार गरेर सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक माध्यममा समावेश गर्न र राजस्व चुहावटलाई कडाका साथ रोकथाम गर्न आवश्यक नीति तथा उपाय अंगीकार गर्ने अपेक्षा लिएको उनले बताइन्।
वृत्त नीति तथा मौद्रिक नीतिको तालमेलबाट मात्र आर्थिक क्रियाकलाप चलायमान हुने उनको भनाइ छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिबाट उत्पन्न संकट हल गर्न तत्काल कदम चाल्न आवश्यक देखिएको उनले उल्लेख गरिन्। तरलता अभावको अवस्थामा ब्याजदर बढ्दा उत्पादन लागत बढ्नुका साथै उद्योगी व्यापारीका साथै आम उपभोक्तालाई असर पारेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
