नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यम गुरुङले फ्लड लाइटमा अभ्यस्त नभएको कारण फाइनलमा बंगलादेशसँग पराजित भएको बताएका छन्।
काठमाडौँ– नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यम गुरुङले ‘फ्लड लाइट’मा खेल्नुपर्दा साफ प्रतियोगिताको उपाधि गुमाउनुपरेको बताएका छन्।
बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रतियोगितामा उपविजेता बनेर नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक गुरुङले फ्लड लाइटमा अभ्यस्त नभएको कारण फाइनल हारेको दाबी गरे।
“हामीले फ्लड लाइटमा अभ्यास गरेकै थिएनौँ। उता गएर फ्लड लाइटमा खेल्न असहज भयो”, उनले भने, “पहिलो खेल बंगलादेशसँग हार्यौँ। फाइनल खेल पनि फ्लड लाइट कै कारण बंगलादेशसँग हार्न पुग्यौँ।”
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा बिहीबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो। बंगलादेशका लागि शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नति खातुनले एक एक गोल गरे।
“नेपालले भारत र भुटानसँग भने प्राकृतिक लाइटमा खेलेको थियो। फ्लड लाइटमा अभ्यास गरेको भए नतिजा अर्को हुन सक्थ्यो। तर फ्लड लाइटकै कारण हार्न पुग्यौँ। यो हाम्रो त्रुटि रह्यो”, उनले भने। उनले बललाई पनि दोष दिन भ्याए। यता, स्ट्रेचङ बलमा अभ्यास गरेको बताउँदै उनले ढाकामा फरक बलमा खेल्नुपरेको सुनाए।
“बल नै फरक रह्यो। उता हामीलाई पेस बलमा खेल्न लगाइयो। यसले पनि केही समस्या भयो”, उनले भने। समग्रमा प्रतियोगितामा राम्रो भएको भन्दै उनले नयाँ खेलाडीले पनि अवसर पाएको बताए। “टेक्निकल रूपमा हामी बलियो रह्यो। हाम्रा खेलाडीले पनि राम्रो खेल प्रदर्शन गरे। नयाँ खेलाडीहरूले पनि अवसर पाए”, उनले भने।
सिंगल राउन्ड रोबिनमा सञ्चालित प्रतियोगिता बंगलादेशसँगै नेपाल, भारत र भुटान सहभागी थियो। अंक तालिकामा शीर्ष स्थानमा रहेर बंगलादेश फाइनल पुगेको थियो। नेपाल भने दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। लिग चरणको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो।
सन् २०१८ मा भुटानमा भएको साफ यू–१८ महिला फुटबल प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। सन् २०२१ मा बंगलादेशमा भएको यू–१९ मा नेपाल सेमिफाइनलमै रोकिएको थियो। सन् २०२२ मा भारतमा भएको यू–१८ मा सहभागी तीन देशमा नेपाल तेस्रो भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
