काठमाडौँ- राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा देउसीभैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतलनिवासमा साँस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो।
देउसीभैली कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपति भण्डारीको परिवारका सदस्यको उपस्थिति रहेको थियो। दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र साडीको पहिरनमा सजिएका देउसीभैलो टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो। टोलीले मादलको साथमा देउसीको बीचबीचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।
कार्यक्रममा कलाकारले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीत पनि प्रस्तुत गरेका थिए। बालमन्दिरका बालबालिकाले नृत्य पनि प्रस्तुत गरेका थिए।
देउसीभैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिलाई राष्ट्रपति भण्डारीले चाखपूर्ण रूपले हेरेकी थिइन्। प्रस्तुति सकिएलगत्तै उनले देउसी टोलीलाई नाङ्लोमा राखेर दान दिएकी थिइन्।
यससँगै भैली टोलीले आशीष दिएका थिए। आशीषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगति तथा सुस्वास्थ्यको कामना गरिएको थियो। आशीषमा पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
