हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सुधार गरी नयाँ ऐन संसद्बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको उल्लेख गरे। आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भीक ढंगले अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने उनको विश्वास छ।
“सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा आयोगलाई अधिकार सम्पन्न बनाएका छौँ,” प्रधानमन्त्री दाहालले भने, “शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्रलगायत प्रशासनिक सेवा सुलभ र पारदर्शी बनाउन सरकार संवेदनशील छ।”
हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गरी नयाँ ऐन संसद्बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ। “आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा अख्तियारजस्ता संवैधानिक आयोगको भूमिका महत्त्वपूर्ण हुन्छ। आयोगले क्षमता विकास, दक्षता अभिवृद्धि, उच्च प्रविधिको प्रयोग र तथ्यपरक अनुसन्धान प्रणालीको अवलम्बन गरेर अब्बल बनाउनुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
