प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दालाई उच्च प्राथमिकता दिने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको भविष्य उज्ज्वल भएको उल्लेख गरे।
उनले निर्वाचनपछि सरकारको नेतृत्व माओवादीको हातमा आएको र यो चुनौतीपूर्ण अवसरलाई सदुपयोग गरेर जनतालाई राम्रो परिणाम दिनुपर्ने अवस्था आएको बताए। “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ", उनले भने, "एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चिज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ।”
उनले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए। “पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ।"
उनले पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको पनि सुनाए। "सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौं, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ”, उनले भने।
प्रधानमन्त्री दाहालले अहिले देशमा देखिएका अप्ठ्यारा र चुनौतीहरू छिचोलेर अगाडि बढ्ने बताए। उनले अर्को निर्वाचनसम्म जाँदा माओवादी पार्टी फेरि शक्तिशाली भएर आउने भनाइ राखे। "देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ”, उनले भने।
प्रधानमन्त्री दाहालले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताए। “त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु”, उनले भने।
संसद्मा झन्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य विषय नभएको उल्लेख गर्दै त्यसले माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्न सक्छ भन्ने प्रमाणित गरेको बताए। "माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ। त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ”, उनले भने।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो अधिकारप्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताए। उनले भने, “हिजो ठूलो आन्दोलन र बलिदानी गर्यौँ। त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन्। त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन। अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन्। उत्पीडितहरू आफैँ नजागी, आफैँ अग्रसर नभईकन दयाले कसैले अधिकार दिँदैन।”
उनले दलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव नभएको बताए। नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको योगदान महत्त्वपूर्ण रहेको धारणा राखे। उनले शान्तिप्रक्रियामा आएपछि विचार र संस्कृतिमा स्खलन, हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट पछाडि फर्केजस्तो अनुभूति गरेको सुनाए। "सामन्ती पितृसत्तात्मक सोच ब्युँतिन खोज्दैछ, पुरानो वर्ग र सत्ता आफू फेरि हाबी हुन कोशिस गरिरहेको छ। यसलाई रोक्न उत्पीडितहरू जागरूक हुनैपर्छ। आफ्नो अधिकार प्राप्तिका लागि योगदान गर्ने पार्टी, नीति र नेतृत्वको पक्षमा उभिनुपर्छ”, उनले भने।
बैठकमा प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्बोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
