आन्दोलनरत चिकित्सक संघ र सरकारी टोलीबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ।
काठमाडौँ– नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक उपचार सेवा बन्द गरेपछि बिरामीको बिचल्ली भएको छ।
बिहानै अस्पताल पुगेका बिरामी र उनीहरूका आफन्त अस्पतालको ‘ओपीडी’ नखुल्दा निराश बनेका छन्। कतिपय फर्किएका छन्। काठमाडौँको वीर अस्पतालमा उनीहरूले ‘ओपीडी’ खोल्न माग गर्दै सडकमा प्रदर्शन गरेका छन्।
शिक्षण अस्पताल महाराजमन्जमा पनि 'ओपीडी' सेवा ठप्प छ। ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठीचार्ज गरेको भन्दै स्वास्थ्यमर्मीहरूले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।
समस्या समाधानका लागि आन्दोलनरत चिकित्सक संघ र र सरकारी टोलीबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
