बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनको भनाइ छ।
काठमाडौँ– उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र राजेन्द्र लिङ्देनले सत्ता गठबन्धन पूर्ववत् सहमतिअनुसार नै अघि बढ्ने बताएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताए। बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी नभएको उनको भनाइ थियो।
“सरकारले हालसम्म गरेका कामकारबाहीको समीक्षा भयो,” राप्रपा अध्यक्षसमेत रहेका मन्त्री लिङ्देनले भने, “राष्ट्रपति निर्वाचनबारे बाहिर आएका कुरा भ्रमपूर्ण छन्। पहिले भएका सहमतिमा सत्ता साझेदार दलभित्र कुनै असहमति छैन।” राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभेद नरहेको उनको दाबी छ।
यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको मन्त्री लिङ्देनले बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देन सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
