एन्फाले भारत जाने २३ सदस्यीय महिला फुटबल टोलीको आइतबार बिदाइ गरेको छ।
काठमाडौँ– नेपालको महिला फुटबल टोलीका कार्यवाहक प्रशिक्षक अनन्तराज थापाले मैत्रीपूर्ण खेलमा भारतलाई हराउने बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक थापाले तयारी राम्रो भएकाले भारतलाई हराउने बताएका हुन्। एन्फाले आइतबार भारत जाने २३ सदस्यीय टोलीको आइतबार बिदाइ गरेको थियो।
“पहिलो चरणको बन्द सूची आएसँगै क्लोज क्याम्पमा बसेका थियौँ। दुई सातादेखि निरन्तर प्रशिक्षण गरिरहेका छौँ। टिममा कम्बिनेशन पनि राम्रो छ,” उनले भने, “हाम्रो लक्ष्य भारतलाई हराउने नै हो।” नेपालले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते दुई मैत्रीपूर्ण खेल खेल्दै छ। बंगलादेशको ढाकामा सम्पन्न साफ यू–२० च्याम्पियनसिपमा भारतलाई हराएको स्मरण गर्दै थापाले मनोबल उच्च भएको बताए।
“अभ्यास कम भए पनि मैले साफका खेलहरू हेरेको छु। ३ जना बहिनीहरू त्यही प्रतियोगिता खेलेर फर्किएका छन्। त्यसले पनि मोटिभेट गर्छ,” उनले भने। भारतविरुद्ध आधुनिक फुटबल शैलीमा खेल्ने र यसले ओलम्पिक छनोटमा सहयोग पुग्ने थापाको विश्वास छ। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन्। एन्जिलाले नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा पनि कप्तानी गरेकी थिइन्।
नियमित कप्तान रेनुका नगरकोटी साफ अघि घाइते भएपछि एन्जिलालाई कप्तानको जिम्मेवारी दिइएको थियो। यद्यपि, रेनुका भारतविरुद्ध खेल्ने टोलीमा छिन्।
नेपाली टोली–
गोलकिपरस् एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डरः हिराकुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरू लिम्बू, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रीति राई, अनिता केसी
फरवार्ड अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, निर्मला विक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
