सरकारले विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा व्यवस्थापन कार्यविधिलाई परिमार्जन गर्ने भएको छ।
काठमाडौँ– सरकारले विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ परिमार्जन गर्ने भएको छ।
सरकार र नेपाल चिकित्सक संघबीच भएको ६ बुँदे सहमतिको चौथो बुँदामा विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक, विशेषगरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूलाई असहज नहुनेगरी कार्यविधिमा परिमार्जन गरिने उल्लेख छ।
एक हप्ताको अवधिमा आवश्यक सुझाव सरकारसमक्ष पेस गर्नुपर्ने र उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयन गर्ने सहमतिमा उल्लेख छ। सहमतिपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वार्ता टोलीको संयोजन गरेका सचिव डा. गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन्।
यो पनि
‘भीभीआईपी’ सवारी : कानूनबेगर नागरिकमाथि थोपरिएको सास्ती!
'भीभीआईपी' सवारी : सर्वसाधारणको 'लाइफलाइन'माथि हस्तक्षेप
गत शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टरका जनरल सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले लाठी चार्ज गर्दा उनी घाइते भएका थिए। सोही घटनाको विरोधमा आइतबार नेपाल चिकित्सक संघले अत्यावश्यक (इमर्जेन्सी)बाहेकका सेवा बन्द गरेका थिए। चिकित्सकमाथि लाठी चार्ज गर्ने प्रहरीलाई पनि कारबाही गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ।
भीभीआईपी सवारीका क्रममा आममनागरिकले सास्ती खेप्नु परेको भन्दै सामाजिक सञ्जालका साथै जनस्तरबाट पनि सरकारको पटक–पटक आलोचना हुँदै आएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
