लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा सुनक बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेका हुन्।
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्रीको दौडमा लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा सुनक बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेका हुन्। कन्जरभेटिभ पार्टीले उनलाई नेतामा चुनेको हो।
लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनिन्। मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नुपर्यो। साथै उनको कार्यकालमा बेलायतको मुद्रा अवमूल्यन भयो।
गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए। तर, जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए।
नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन्। उनी हिन्दु धर्मावलम्बी हुन्। अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
