निर्वाचन आयोगले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत चितवन-२ को उपनिर्वाचनको मिति तय गरेको छ। आयोगको आइतबार बसेको बैठकले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम आगामी वैशाख १० गते आइतबारका दिन चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तय गरिएको जानकारी दिए।
सर्वोच्च अदालतले चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछानेको नागरिकताले कानूनी हैसियत प्राप्त नगरेको ठहर भएसँगै उनले सांसद पद गुमाएका थिए। उनले सांसद पद गुमाएसँगै चितवन-२ प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो।
प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायमै रहँदै कुन कारणले सदस्यको पद रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदमा उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको प्रवक्ता पौडेलको भनाइ छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
