अमेरिका र क्यानडाको आकाशमा ४० हजार फिटको उचाइमा उडिरहेकाे सानो सिलिन्डरजस्तो आकारको संदिग्ध वस्तुलाई शनिबार क्षेप्यास्त्र प्रयोग गरी खसालिएको छ।
उत्तर अमेरिकी हवाई क्षेत्रमा देखा परेको एक संदिग्ध वस्तुलाई अमेरिका र क्यानडाका सेनाले क्षेप्यास्त्र प्रहार गरी खसालेका छन्। क्यानडाको हवाई क्षेत्र उल्लंघन गरेकाले उक्त संदिग्ध वस्तुलाई खसालिएको क्यानडानका प्रधानमन्त्री जस्टिन ट्रूडोले बताए।
त्यस वस्तुलाई युएस एफ-२२ विमानबाट एआईए नाइन एक्स क्षेप्यास्त्र हानेर क्यानडाको उत्तर पश्चिमी योकोन क्षेत्रमा खसालिएको प्रधानमन्त्री ट्रुडोले बताए। सो वस्तुका टुक्राहरू संकलन गरी अनुसन्धान गरिने प्रधानमन्त्री ट्रूडोको भनाइ छ। यस सम्बन्धमा अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले क्यानडाका प्रहरीसँग मिलेर काम गर्ने पेन्टागनका सञ्चारसचिव ब्रिग गेन प्याट राइडरको भनाइ छ।
युकोनको मध्ये आकाशमा ४० हजार फिटको उचाइमा उडिरहेको त्यस वस्तुलाई स्थानीय समयानुसार शनिबार बिहान ३ बजेर ४१ मिनेटमा खसालिएको क्यानडेली रक्षामन्त्री अनिता आनन्दले बताइन्। सानो र सिलिन्डरजस्तो आकारको वस्तुले उड्डयन क्षेत्रलाई क्षति पुर्याउने जोखिमका कारण अमेरिकी सीमाभन्दा १०० माइल पर लगेर खसालिएको रक्षामन्त्री आनन्दको भनाइ छ।
पछिल्लो एक सातायता अमेरिका र क्यानडाको आकाशबाट खसालिएको यो तेस्रो संदिग्ध वस्तु हो। यसअघि अमेरिकाले एटा ठूला चिनियाँ बेलुन र कारजस्तो देखिने शंकास्पद वस्तु क्षेप्यास्त्र प्रयोग गरी खसालेको थियो। अहिलेको वस्तु उक्त बेलुन र कारजस्तो देखिने वस्तुका तुलनामा निकै सानो भएको बताइएको छ। गत शनिबार क्षेप्यास्त्र हानेर खसालिएको बेलुन ६० मिटर अग्लो र ठूलो आकारको थियो।
चीनले मौसमी सूचना संकलनका लागि सो बेलुन प्रयोग गरेको, तर भड्किएर अमेरिकीमा आकाशमा पुगेको भन्दै माफी मागेको थियो। अमेरिकाले भने आफ्नो देशमा जासुसीका लागि चीनले सो बेलुन पठाएको आरोप लगाउँदै आएको छ। चीनले यसलाई राजनीतिक प्रतिशाेध र प्रचारबाजी भन्दै खण्डन गरेको छ।
एकपछि अर्को गर्दै अमेरिकी आकाशमा शंकास्पद वस्तुहरू भेटिएपछि चीन र अमेरिकाबीचको तिक्तता थप बढेको छ। यसै घटनाका कारण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो बेइजिङ भ्रमणको तालिका नै स्थगित गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
