बसुन्धारामा रास्वपाको केन्द्रीय समितिको बैठक

बैठकमा चितवन-२ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरू भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा ४ बजेबाट शुरू भएको हो। 

बैठकमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्नेबारे, समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ। निर्वाचन आयोगले चितवन–२ आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो। यद्यपि, सरकारलाई समर्थन भने जारी राखेको छ।

सोमबारको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ।