परराष्ट्रमन्त्री पौड्यालले भारतीय विदेशसचिव क्वात्रासँगको भेटका क्रममा जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न दक्षिण एशियास्तरको संयन्त्र बनाउनुपर्नेमा जोड दिएको बताइन्।
काठमाडौँ– परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भारतीय विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारमा मन्त्री पौड्यालसँग सचिव क्वात्राले शिष्टाचार भेटवार्ता गरेका हुन्।
शिष्टाचार भेटका क्रममा विकास सहायता, जलवायु परिवर्तन, हवाई कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको छ। मन्त्री पौड्यालले भेटका क्रममा बनिरहेका विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न रुट खोल्ने र ट्रेट ब्यारियर लगायतका विषयमा छलफल भएको बताइन्।
“हामीले हवाई यात्राको कनेक्टिभिटीको कुरा भएको छ। एयरपोर्ट हामीले बनाइरहेका छौँ, त्यसलाई कसरी सुचारु बनाउने, त्यसमा रुट खोल्ने, ट्रेट ब्यारियर भोगेका छौँ”, उनले भनिन्, “हामीलाई थाहा नभईकन भारतबाट आउने सामानहरू रोकिन्छन्, त्यसलाई कसरी सुचारु बनाउने, सुनिश्चित गर्ने र थाहा नभईकन बेलाबेलामा टुक्रिने कुरालाई कसरी चलायमान बनाउने भन्ने बारेमा छलफल भएको छ।”
त्यस्तै, उनीहरूबीच विद्युत्लाई अझै बढी उत्पादन र विद्युत् बिक्रीलाई बढाउने विषयमा पनि छलफल भएको छ।
मन्त्री पौड्यालका अनुसार भेटमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको विषय सफल रूपमा कार्यान्वयन गर्ने, लगानीको वातावरण बनाउनेबारे पनि छलफल भएको छ।
उनले सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि दक्षिण एशियास्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायुसम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा आफूले विशेष जोड दिएको बताइन्।
"जलवायु परिवर्तनबाट भारत र हामी जोखिममा परेका छौँ, दक्षिण एशियास्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायुसम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारे विशेष जोड दिएका छौँ, धेरै भइरहेका विकासका आयोजनालाई कसरी प्रभावकारी र सफल बनाउने भन्नेमा छलफल भयो”, उनले भनिन्।
मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउनेबारे पनि छलफल भएको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
