टर्की, सिरिया भूकम्प : ३६ हजारभन्दा बढीको मृत्यु, १७५ घन्टापछि जिवितै भेटिइन् एक महिला

टर्की र सिरियामा गत साता गएको शक्तिशाली भूकम्पमा पनि हालसम्म ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। टर्कीमा मात्रै मृत्यु हुनेको संख्या ३२ हजार नाघेको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ।भूकम्पले भत्काएका संरचनामा पुरिएका अझै सयौँ मानिस हराइरहेका छन्। खोजी र उद्धारको काम जारी नै छ। तर अधिकांश मानिसको जिवितै रहने संभावना ज्यादै न्यून रहेको उद्धारकर्ताहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।तर कतिपय स्थानमा चामत्कारिक रूपमा मानिसहरू जिवित फेला परेका खबर समेत सार्वजनिक भएका छन्। भूकम्प गएकोे १७५ घन्टापछि टर्कीको हताय प्रान्तबाट सोमबार दिउँसो एक महिला जिवितै फेला परेको सीएनएनले उल्लेख गरेको छ। भूकम्पले भत्किएका संरचनामा पुरिएकी नाइडे उमाय नामकी ती महिलालाई भूकम्प गएको एक सातापछि उद्धाुर गरिएको हो।खोजी र उद्धारमा संलग्न विभिन्न अन्तर्राष्ट्रिय समुदायले जिवितै उद्धारको संभावना न्यून रहेको बताइरहँदा सोमबार ती जिवित भेटिएकी हुन्। उद्धारकर्ताहरूले खोजीलाई तीव्र पारिरहेका छन्।सिरियामा मात्रै ४३ सय मानिसले ज्यान गुमाएको राष्ट्रसंघले जनाएको छ।विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी क्षेत्रमा अधिकांश स्थानमा खोजी र उद्धारको कार्य भने रोकिएको स्वयंसेवी संस्था ह्वाइट हेलमटलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ। गृह युद्धको चपेटामा परेको सिरियामा सहायता सामग्री लैजान समेत बाधा पुगेको ह्वाइट हेलमेटले जनाएको छ। त्यहाँ राहत र सहायता निकै कम पुगेको ह्वाइट हेलमेट्सको भनाइ छ।यता, संयुक्त राष्ट्रसंघले पनि सिरियामा मानवीय र आर्थिक सहायता आवश्यक रहेका भन्दै तत्काल …

तस्वीर सिन्ह्वा

टर्की र सिरियामा गत साता गएको शक्तिशाली भूकम्पमा पनि हालसम्म ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। टर्कीमा मात्रै मृत्यु हुनेको संख्या ३२ हजार नाघेको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ।



भूकम्पले भत्काएका संरचनामा पुरिएका अझै सयौँ मानिस हराइरहेका छन्। खोजी र उद्धारको काम जारी नै छ। तर अधिकांश मानिसको जिवितै रहने संभावना ज्यादै न्यून रहेको उद्धारकर्ताहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।



तर कतिपय स्थानमा चामत्कारिक रूपमा मानिसहरू जिवित फेला परेका खबर समेत सार्वजनिक भएका छन्। भूकम्प गएकोे १७५ घन्टापछि टर्कीको हताय प्रान्तबाट सोमबार दिउँसो एक महिला जिवितै फेला परेको सीएनएनले उल्लेख गरेको छ। भूकम्पले भत्किएका संरचनामा पुरिएकी नाइडे उमाय नामकी ती महिलालाई भूकम्प गएको एक सातापछि उद्धाुर गरिएको हो।



खोजी र उद्धारमा संलग्न विभिन्न अन्तर्राष्ट्रिय समुदायले जिवितै उद्धारको संभावना न्यून रहेको बताइरहँदा सोमबार ती जिवित भेटिएकी हुन्। उद्धारकर्ताहरूले खोजीलाई तीव्र पारिरहेका छन्।

सिरियामा मात्रै ४३ सय मानिसले ज्यान गुमाएको राष्ट्रसंघले जनाएको छ।





विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी क्षेत्रमा अधिकांश स्थानमा खोजी र उद्धारको कार्य भने रोकिएको स्वयंसेवी संस्था ह्वाइट हेलमटलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ। गृह युद्धको चपेटामा परेको सिरियामा सहायता सामग्री लैजान समेत बाधा पुगेको ह्वाइट हेलमेटले जनाएको छ। त्यहाँ राहत र सहायता निकै कम पुगेको ह्वाइट हेलमेट्सको भनाइ छ।



यता, संयुक्त राष्ट्रसंघले पनि सिरियामा मानवीय र आर्थिक सहायता आवश्यक रहेका भन्दै तत्काल सहयोग गर्न आह्वान गरेको छ। सिरियाका भूकम्प प्रभावित विशेष गरि उत्तरपश्चिमी क्षेत्रमा राहत सामग्री समयमै नपुगेको र सहायता नपुगेको भन्दै राष्ट्रसंघका आकस्मिक सहायता  कार्यक्रम प्रमुख मार्टिन ग्रिफित्स्ले सहयोगको अपिल गरेका छन्। सर्वसाधारणको बिचल्ली भएको भन्दै राष्ट्रसंघले बाटो खोलिदिन आग्रह गरेको हो।



अमेरिकीले पनि सिरियामा तत्काल सहयोग उपलब्ध गराउन सबै निकायलाई आग्रह गरेको छ।भूकम्पको कूल गणनामा मृत्यु हुनेको संख्या अहिलेभन्दा दोब्बर हुनसक्ने राष्ट्रसंघीय निकायहरूको चेतावनी छ। भूकम्पपछि पनि खाद्यान्न, इन्धन र पानीको अभावमा मानिसहरूले लुटपाट मच्चाइरहेको र अज्ञात समूहहरूबीच झडपका घटना पनि सार्वजनिक भइरहेका छन्।