काठमाडौँ– यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन्।
मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए। “यातायात मजदुरद्वारा घोषित आजको हडताल फिर्ता लिने समझदारी भएको छ,” उनले भने।
आन्दोलन फिर्ता भएसँगै उपत्यकामा सार्वजनिक सवारी चल्न थालेका छन्। वार्तामा मन्त्री श्रेष्ठले मजदुरहरूको जायज माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए। बन्दका कारण मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलेका थिएनन्।
बढाइएको ट्राफिक जरिबाना खारेजलगायत १० बुँदे माग राखेर यातायात मजदुर तथा व्यवसायीले सोमबारदेखि आन्दोलन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
