अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ।
काठमाडौँ– एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाडौँमा जारी छ।
महाधिवेशनमा बुधबार नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुँदै छ। नयाँ कार्यसमितिको अध्यक्षमा चार जनाले दाबी गरेका छन्। सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको निवर्तमान उपाध्यक्ष कल्पना वाइबाले जानकारी दिइन्। “सहमतिबाटै नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ,” उनले भनिन्, “नभए आज उम्मेदवार मनोनयन र निर्वाचनको प्रक्रिया शुरू हुन्छ। बिहीबार निर्वाचन हुन्छ।”
सहमतिकाे सम्भावना कम रहेकाे उनकाे भनाइ छ। अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ। उपाध्यक्षमा टपेन्द्र शाही, डम्बर अधिकारी, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह र रामशरण चौधरीको दाबी छ। त्यसै गरी, महासचिवमा कल्पना वाइबा, नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरीको दाबी रहेको छ।
महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी चयन गर्नेछ। यसअघि ५३५ सदस्यीय आयोजक कमिटी रहेको अनेराश्ववियुमा नयाँ कमिटी १९९ सदस्यीय बन्ने छ। अखिलको २२औँ महाधिवेशन २०७२ सालमा भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
