पछिल्लो चार महिनामा ४३९ जना बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्।
फुङलिङ– विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन थालेको छ। यहाँ चार महिनामा ४३९ जना बाह्य पर्यटकले भ्रमण गरेका छन्।
पर्यटकको आगमन बढ्दै गएको छ। गत वर्ष सोही अवधिमा २०० भन्दा कम पर्यटकले यो क्षेत्र भ्रमण गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ। कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको यहाँ पर्यटकीय चहलपहल बढ्दै गएको हो। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार स्थानीयको मुख्य आम्दानीको स्रोत पर्यटन हो। पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उनले बताए।
पर्यटकलाई लक्षित गरेर हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन्। “कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन। पर्यटन व्यवसायी निराश भएका थिए। अहिले व्यवसायी उत्साहित भएका छन्,” पदमार्गमा पर्ने घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भने, “विगत तीन वर्षयताकै धेरै पर्यटक आउने अनुमान गरेका छौँ।” आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक आएका थिए।
२०५६ सालमा ७९९ विदेशी पर्यटक घुमघाम गर्न आएको परिषद्को तथ्यांक छ। २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ। आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ। पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका भएर पर्यटक दक्षिणी आधार शिविर पुग्न सक्छन्।
ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी उत्तरी आधार शिविर पाङ्पेमा पुगिन्छ। यहाँ आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
