यान्छीले नेपाल बसाइँका क्रममा विभिन्न क्षेत्रमा बनेका साथीहरूसँगको गहिरो मित्रतालाई जीवनभर सँगालेर राख्ने बताएकी छन्।
काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किएकी छन्। स्वदेश फर्किनुअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सरकारका मन्त्रीदेखि राजनीतिक नेतृत्वसँग बिदाइ भेटघाट गरेकी थिइन्।
मंगलबार बिहान ट्विटरमार्फत उनले आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्किन लागेको जानकारी गराएकी छन्। “मैले आफ्नो कार्यकाल पुरा गरेकी छु। सहयोगी र सुन्दर छिमेकी नेपाललाई छाडेर जाँदैछु। सम्पूर्ण नेपाली साथीहरूलाई धन्यवाद दिन चाहन्छु! नेपाल बसाइँका क्रममा हरेक क्षेत्रका साथीहरूसँगको गहिरो मित्रतालाई जीवनभर सँगालेर राख्नेछु,” उनले ट्विटमा भनेकी छन्।
सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा होउ नेपाल आएकी थिइन्। चारवर्षे नेपाल बसाइका क्रममा नेपाल चीनबीचको सम्बन्ध सुधारमा उनी सक्रिय थिइन्। तत्कालीन नेकपा विभाजनको अवस्थामा पुगेका बेला त्यसलाई रोक्न उनले उच्च स्तरीय राजनीतिक छलफल गरेकी थिइन्।
उनले राष्ट्रपतिदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेतासँग भेटघाट गरेकी थिइन्। उनको कार्यकालमा नै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भएको थियो। उनको कार्यकालमा अन्य चिनियाँ उच्चस्तरीय नेताहरूले पनि नेपालको भ्रमण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
